एजेन्सी । भारतीय कांग्रेसका प्रवक्ता राजीव त्यागीको बुधबार हृदयघातले निधन भएको छ । भारतीय कांग्रेसले ट्वीटरमार्फत उनको मृत्युको पुष्टि गरेको छ ।कांग्रेसका महासचिव प्रियंका गान्धीले राजीवको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएकी छन् । गाजियावादमा निधन हुनु २ घण्टाअघि उनी आज तकको लाइभ अन्तरवार्तामा सहभागी भएका थिए ।राहुल गान्धी पार्टी अध्यक्ष हुँदा सन् २०१८ डिसेम्बर ३१ मा १० नयाँ प्रवक्ता नियुक्त गर्दा राजीव त्यागी पनि प्रवक्ता भएको बीबीसी हिन्दीले जनाएको छ ।
२९ श्रावण २०७७, बिहिबार
प्रतिक्रिया