अर्थ-वाणिज्य

सितगंगामा क्वारेन्टीन बनाउन त्रिपाल र टेन्ट सहयोग



अराज बेल्वासे

अर्घाखाचीं,३० साउन

काठमाडौंमा बस्दै आउनु भएका अर्घाखाँची सितगङ्गाका स्वास्थानीयवासी तथा
समाजसेवी शालिकराम अधिकारीले सितगङ्गा क्षेत्रमा ४० थान त्रिपाल र २ सेट
टेन्ट पठाउनु भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला देशभर
नै संक्रमितलाई राख्ने ठाउँको अभाव छ । त्यसलाई मध्यनजर गर्दै सितगंगा
क्षेत्रमा अस्थानीय क्वारेन्टीन निर्माणका लागि शुक्रबार उहाँले ना ८ ख
३४८७ नम्रको ट्रकमार्फत् काठमाडौंबाट सामग्री पठाउनु भएको हो ।


सितगंगा–काठमाडौ सम्पर्क समितिका उपाध्क्ष समेत रहनुभएका अधिकारीले नेपाल
रेड क्रस सोसाइटी केन्द्रिय कार्यालय काठमाडौंबाट सितगंगा नगरपालिकालाई
त्रिपाल र टेण्ट पठाउनु भएको हो । त्रिपाल टेन्ट माग गर्नका लागि सितगंगा
नगरपालिकाका नगर प्रमुख र अर्घाखाँची जिल्ला रेड क्रस सोसाइटीका सभापति
कुशल भुसालले पहल गर्नुभएको थियो । जिल्लामा कोरोना संक्रमण
बढेपछि क्वारेन्टीनको अभाव हुँदै गइरहेको छ । कोरोना भयाभह हुने अवस्था
देखिएपनि त्यसको पूर्व तयारी कम भइरहेको अवस्थामा पूर्व तयारी गर्नका लागि
आफूहरुले सहयोग गरेको समाजसेवी अधिकारीले बताउँनुभयो । ‘अन्तजस्तो
अर्घाखाँचीमा पनि संक्रमण फैलँदो छ, सरकारी निकायलाई थेग्नै नसक्ने अवस्था
आउन सक्छ, पूर्व तयारी र क्वारेन्टीन निर्माणको लागि मैले सहयोग गरेको
हुँ,’ उनले भने । समाजसेवी अधिकारी जिल्लाका सामाजिक कार्य र सहयोगमा लामो
समयदेखि सरिक हुँदै आउनु भएको छ ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६