अर्थ-वाणिज्य

बाणगंगाका भिडभाड हुने पसल संचालकको पिसीआर गराउदै उद्योग बाणिज्य संघ



कपिलवस्तु  ३०  साउन

उद्योग बाणिज्य संघ कपिलबस्तुले बाणगंगा नगरपालिका भित्रका प्रमुख बजार क्षेत्रका ब्यवसायीको पिसीआर गर्ने भएको छ । नगरपालिका संग सहकार्य गरी वढी भिडभाड हुने पसलका संचालक र कामदारको परीक्षण गरीने तयारी गरेको संघका अध्यक्ष उमानाथ पौडेलले बताउनु भयो । पछिल्लो समयमा जिल्ला सदरमुकाममा ब्यापारीका कोरोना संक्रमण देखिए पछी संघले समुदायमा कोरोना भए नभएको एकिन गर्न परीक्षण गर्न लागेको हो । उहाँले अहिले सम्म  ७१ जना व्यापारीहरुको सूची तयार परेको बताउदै नगर संग समन्वय गरि ८० वटा किट खरिदका लागि पहल संचालन गरिएको वताउनु भयो ।

यसै गरी कोरोनाबाट जोगिन जिल्लामा मास्क वितरणसंगै सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिएको छ । जिल्लामा समुदाय स्तरमा कोरोना फैलिएसंगै जारी भएको दोस्रो पटकको लकडाउनका विच विहिवारवाट मास्क वितरण संगै सचेतनामुलक काम अगाडी वढाएको थियो । अत्यावश्यक बस्तु किनमेल गर्ने वजारमा मास्क अनिवार्य गर्न र भौतिक दुरी कायम गर्न उद्योग बाणिज्य संघ कपिलवस्तुले विशेष पहल थालेको छ । 

जिल्लाको ४नं जितपुर, गजेहडा, सिउटी ओदारी, जहदी, तौलिहवा देखि मर्यादपुरको सुठौली भन्सार नाका सम्म पुगी त्यहाँका व्यापारी तथा स्थानीयहरुलाई सचेतना संगै मास्क वितरण गरिएको उहाँले वताउनु भयो ।  हरेक पसलमा अनुगमन गरेर मास्क वितरण गर्ने र भौतिक दुरी कायम गर्न आग्रह गर्ने अभियान चलाइएको उहाको भनाई छ । यस्तै शनिबार गोरुसिंगे, चन्द्रौटा, बहादुरगंज हुदै कृष्णानगर सम्म पुगेर अभियान संगै सचेतनामुल कार्यक्रम संचालन गरिएको उहाँले वताउनु भयो । 

उद्योग बाणिज्य संघले विगतमा पनि ब्यापारी, बस्तु तथा सेवा खरिद कर्ता, सुरक्षाकर्मी लगायत सर्बसाधारणलाई मास्क वितरणसंगै अन्य सचेतनामुलक कार्यक्रम, विपन्न वर्गालाई राहत वितरण जस्ता कार्यक्रमहरु गर्दै आइएरहेको छ । 

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६