कपिलवस्तु
३१ साउन २०७७
कपिलवस्तुका कोरोना संक्रमित १ पुरुषको उपचारका क्रममा ज्यान गएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको डा. विष्णु गौतमले बताएका छन् ।
मृत्यु हुने ४२ वर्षीय पुरुष रहेका छन् । स्रोतका अनुसार मृत्यु हुनेमा मायादेवी गाउँपालिका बस्ने राम कुमार चौधरी रहेको बताइएको छ । उनी उपचारका लागी बुधवार साँझ प्रादेशिक अस्पताल पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएका कारण अस्पतालको आइसोलेसनमा भर्ना भएका जिल्ला स्वास्थ्य कार्यालय का फोकल पर्सन कुमार थापाले बताएका छन् । उनको पिसीआर रिपोर्टमा कोरोना देखिएको थियो । यो सहित कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ ।
प्रतिक्रिया