विचार/ब्लग

धक्का किस्ने दिया !



समुन्द्रमा पानीजहाज अगाडि बढिरहेको थियो, जहाजमा हजारौं यात्रीहरु यात्रा गरिरहेका थिए। जहाजको कौसिमा खडा भएर यात्रीहरुहरुले समुन्द्री यात्राको आनन्द लिइरहेका थिए। अचानक एउटा बच्चा आमाको काखबाट फुस्किएर समुन्द्रमा खस्यो। सबै यात्रीहरुमा रुवाबासि भयो, बच्चाकी आमा डाको छाडेर रुन थालिन। यहि बिचमा एकजना सरदारजी एक्कासि समुन्द्रमा हाम फाले, समुन्द्रमा पौडेर बच्चालाइ सकुसल बाहिर निकाले।सबैमा खुशिको सिमा रहेन।यात्रीहरुले कसैले धन्यबाद सरदारजी भनेका छ्न त कसैले थेन्कयु सरदारजी भनेका छ्न ।
कसैले आप लखलख जियो सरदारजी भनेका छ्न । धन्यबाद र बधाइ दिनेहरुको घुइचो लाग्यो ।तर सरदारजीको चेहरा भने प्रसन्न देखिएन। उनी रिसाएको मुडमा छ्न र रातोपिरो भएका छ्न, सबैलाइ हान्ने गोरुले झै हेरेका छ्न। उनको स्वभाव हेरेर सबै अचम्ममा परे। एकछिनपछी सरदारजीले रिसाउदै भनेकी थेन्किउ सेन्किउ धन्यबाद तो मे बाद मे लुङ्गा ! पेहेले मुझे ये बतावोकी मुझे समुन्द्रमे धक्का किस्ने दिया ? कोहि बोल्ते किउनही कि यो आदमी कौनहै जो मुझे जबरजस्ती पानीमे गिरा दिया ? कोहि बोल्ता किउ नही ? वास्तबमा सरदारजीलाइ कसैले योजनाबद्द रुपमा धक्का दिएर समुन्द्रमा खसालिएको रहेछ !
यो त पानीजहाजको घटना भयो । यहाँ हामिकहाँ पथबाट बिचार बनाउने दिशामा अगाडि बढेका हाम्रा ‘युगपुरुष’ लाई यो गन्त्यब्यहिन मात्र होइनकी बिपरित दिशामा दौडिरहेको राजनैतिक महासागरमा कस्ले धक्का दिए होला ! या त निरन्तरतामा क्रमभङ्ग गर्ने क्रममा बिपरित दिशामा पो धक्का दिए छ्न की ! या झुक्किएर खस्नु भयो ! आफ्नै स्वविवेकले त हैन की ! सरदारजी त पौडिबाज थिए बाहिर निस्किहाले ! हाम्रो ‘युगपुरुष’लाई कस्ले निकाल्छ होला! लौ न लौ केही उपाय गरौं त! आस्वाशनको डोजले शरीर सुन्निएला की भन्ने चिन्ता

प्रकाशित : ३१ श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६