कोशी

मोरङकी कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु



सुनसरी, ३२ साउन । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको छ ।प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण शनिबार राति मृत्यु भएको छ । एक सातादेखि उच्च ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या आएपछि साउन ३१ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

      संक्रमित मृतक महिला मोरङको तीनपैनी बस्ने हुन् । प्रतिष्ठानमा ल्याउनु अगाडि उनलाई विराटनगरको न्यूरो अस्पतालमा लगिएको थियो । त्यहाँका चिकित्सकले कोरोना संक्रमण भएको शंका गरेर प्रतिष्ठानमा रिफर गरेका थिए ।मृतकको मेडिकल हिस्ट्रीमा भारतको दिल्लीस्थित एक अस्पतालमा मुटुको उपचार गरेको, थाइरोइड र फोक्सोमा पनि समस्या रहेको देखिएको प्रतिष्ठानका प्रवक्ता प्रा डा निदेश सापकोटाले जानकारी दिएका छन् ।मृतकको शवको व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गर्ने कार्य भइरहेको छ । योसँगै प्रदेश–१ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६