ब्रेकिंग न्युज

राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रामक रोग फैलनबाट रोक्न आग्रह



काठमाडौँ ३२ साउन ।  राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न तथा आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन सङ्घीय सरकार एवं सबै स्थानीय तहलाई आग्रह गरेको छ । आयोगमा प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा देशमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सबै स्थानीय तहका जननिर्वाचित प्रतिनिधिलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गरिएको छ ।

    आयोगले उक्त विषयमा सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।“आफ्नो इलाकाभित्रका कोभिड–१९ बाट सङ्क्रमित भएका व्यक्तिको सूचना जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेको कारण आफ्नो क्षेत्रभित्र कहाँ र के कति सङ्ख्यामा सङ्क्रमित रहेका छन्, परिवार तथा समुदायको संरक्षणको लागि के कस्तो पहल गर्नुपर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो कतिपय स्थानीय तहबाट प्राप्त हुन आएको छ ”, विज्ञप्तिमा भनिएको छ ।

  स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हरेक दिन सङ्क्रमणको अवस्था सम्बन्धमा जानकारी दिँदा काठमाडौंँलगायत अन्य ठूला शहरको कुन क्षेत्र र व्यवसायका व्यक्तिमा सङ्क्रमण देखियो भन्नेसमेत स्पष्ट गर्दा स्थानीय तहलाई थप सजगता अपनाउन मद्दत मिल्ने देखिएको आयोगले जनाएको छ । 

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६