कपिलवस्तु, ३२ साउन
कपिलवस्तुमा भाद्र ७ गते सम्म लकडाउन थप भएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विज्ञप्ती जारी गर्दै लकडाउन लम्वाइएको हो । महिलाको चाड पर्ब तिजको दिन पनी लकडाउन हुने भएको छ । यस वर्ष भाद्र ५ गते तिज परेको छ ।
कपिलवस्तुमा राजमार्गमा जिल्ला वाहिरबाट आउने जाने र अति आवश्यक बस्तु ढुवानी गर्ने सवारी साधन चल्न पाउने छ । सरकारी कार्यालय, बैंक, होटल तथा रेष्टुरेन्ट समेत वन्द हुने भएको छ । खाद्यान्न र तरकारी खरिदका लागी बिहान ८ बजे देखि १० बजेको समय तोकिएको छ ।
प्रतिक्रिया