कपिलवस्तु ३२ साउन ।नेपाल प्रहरीको ५ नं. प्रदेश प्रमुख र विभिन्न प्रहरी कार्यलयका प्रमुखसंग कार्य सम्पादन संझौता भएको छ । सो संझौता बमोजिक भएका काम नै वढुवा तथा सरुवाका लागि मूल्यांकनका आधार बन्ने जनाइएको छ आइतवार ५ नं. प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकद्वारा प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय १२ बटै र नेपाल प्रहरी स्कूल घोराही दाङ समेत १७ वटा मातहत कार्यालयका प्रमुखहरुसंग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नायब महानिरीक्षक धानुकबाट उपस्थित मातहत कार्यालय प्रमुखहरुलाई सम्पन्न भएको कार्य सम्पादन सम्झौता अनुरुप उल्लेखित लक्ष्य पुरा गर्न प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्य योजनाका साथ परिचालन हुन निर्देशन दिनु भएको थियो । यसै अवसरमा ५ नं. प्रदेशको नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायीक केन्द्रीत प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिने कार्य गर्न आग्रह गर्नु भयो ।
वर्षायामको समय रहेकोले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न समेत आवहान गर्नु भयो । कोभिड(१९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउन आग्रह गर्नु भयो ।
प्रतिक्रिया