इलाम १ भदौँ । इलाममा क्वरेण्टीनमा बसेका एक जनाको ज्यान गएको छ ।सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वरेण्टीनमा बसेका २२ वर्षका युवाको गएराति ११ बजे ज्यान गएको हो ।ती युवक भारतको हैदराबादबाट आएर साउन २६ देखि क्वरेण्टीनमा बसेका थिए । युवकमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन बिमल बरालले जानकारी दिनुभयो । ती युवकको साउन २९ गते स्वाब संकलन गरी विराटनगर पठाइएको तर रिपोर्ट भने आउन बाँकी नै रहेको पनि बरालले बताउनुभयो ।
१ भाद्र २०७७, सोमबार
प्रतिक्रिया