लुम्बिनी

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत संक्रमित एक व्यक्तिको मृत्यु



बाँके २ भदौ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए ।योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रकाशित : २ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६