ब्रेकिंग न्युज

कामदारमा कोरोना देखिएपछि उधोग सिल गर्नुपर्ने माग ,



दाङको देउखुरीमा रहेको सम्राट सिमेन्ट उद्योगलाई तत्काल सिल गर्नुपर्ने माग गरिएको छ। भारतबाट ल्याएका कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि उधोग शिल गर्न स्थानीयले माग गरेका छन् । उद्योगका कामदारलाई आन्तरिक क्वारेन्टाइनमा राखिएको दावी उद्योगले गरेको छ। तर, ती कामदार भारतबाट आए लगत्तै उद्योगभित्र काममा खटिएको स्थानीयले बताएका छन्। उद्योगभित्र कामदारमा कोरोना देखिएपछि उद्योग आसपासका वस्तीमा त्रास फैलिएको छ।कमानपुर, वनगैं, हस्नापुर, खुट्टी गाउँमा कोरोनाको जोखिम रहेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी वडा कमिटिले उद्योग तत्काल सिल गरी पिसिआर जाँचको दायरा बढाउन माग गरेका छन्। उद्योगले लकडाउन अवधीमा समेत लापरबाही गरेपनि नियन्त्रण गर्न स्थानीय सरकार, प्रहरी प्रशासनले चासो नदिएको समेत दावी गरिएको छ। 

प्रकाशित : २ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६