बेलायत, २ भदौं । आफ्नै साथीको छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ब्रिटिस सेनामा सेवारत एक गोर्खा सैनिकलाई जेल चलान गरिएको छ ।४४ वर्षीय बिनोद राईलाई ब्रिष्टोल क्राउन कोर्टले साँढे दुई वर्षका लागि जेल चलान गरेको स्थानीय अनलाइन विल्शायर टाइम्सले उल्लेख गरेको छ ।
फैसला सुनाउंदै न्यायधिस जेम्स प्याट्रिकले आफ्नो देशको लागि राईले सम्मानका साथ् काम गरेको भए पनि उनले बालिकामाथि अस्वस्थ चाहना राखेको बताएका थिए ।घटना गत वर्ष सन् २०१९ को जुलाईमा घटेको थियो । आफ्नो बच्चा लिन रेल्वे स्टेशन पुगेका राइले ति १३ वर्षीय बालिकालाई समेत गाडीमा राखेर संगै लिएर आएका थिए । उनलाई स्टेशनबाट ल्याउनको लागि अविभावकले अनुमति नदिएको बालिकाका अविभावकले बताएका छन् ।
आफ्नो घरमा आएपछि गाडी पार्क गरेर उनी ड्राइभर सिटबाट बाहिर निस्किए र पछाडिको झ्याल खोले जहाँ ती बालिका बसेकी थिइन् । राईले ती बालिकाको छातीका संवेदनशील अंगमा सुम्सुम्याउने र पछाडि ढल्किन भन्दै उनको खुट्टाको बीचमा हात राख्ने प्रयास गरेका थिए । सोहि समयमा ती बालिकाको बुबाले उनलाई बोलाएपछि सो घटनाक्रमको अन्त भएको थियो ।
तर, राईले भने आफूले गल्ती नगरेको भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । राईको चरित्र राम्रो रहेको र उनले विशिष्ट रुपमा देशको सेवा गर्दै आएको जनाइएको छ । यौन दुर्व्यवहारको आरोप लागेका कारण उनले आफ्नो जागिर तथा आवास गुमाउनुका साथै बेलायतमा बस्न पाउने कानूनी अधिकार समेत गुमाउन सक्ने जनाइएको छ । एजेन्सी
प्रतिक्रिया