काठमाडौँ २ भदौँ । कोभिड १९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक आज बस्दैछ।कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो।सिसिएमसीको बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो।संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउने बारे छलफल हुने सिसिएमसी स्रोतले बतायो।सरकारले एकमुष्ट रूपमा लकडाउन नगरे पनि स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन्।
सेतोपाटी
प्रतिक्रिया