ब्रेकिंग न्युज

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै



काठमाडौं, ३ भदौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज (बुधबार) राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिंदैछ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा  १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ ।राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो ।

     १०१ वर्षका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै अक्सिजन दिएर राखिएको थियो । उनको अन्त्यष्टि आज पशुपतिमा गरिने परिवारले जनाएको छ । नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ । शव बाहन, बोक्ने व्यक्ति र परिवारले चाहे अनुसार घिमिरेको दाहसंस्कार गरिने सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।

           योग र ध्यानलाई आफ्नै दैनिक जीवनको हिस्सा बनाएका घिमिरेले गौरी खण्डकाव्यमा आफ्नो पहिलो पत्नी गौरीको निधनको मार्मिक बिलौना गरेका छन् । उमेर बढ्दै गएसँगै र पछिल्लो वर्षको अस्वस्थताको कारणले घिमिरेलाई केही औषधि खानु परे पनि उनले १०१ वर्षसम्म पनि स्वस्थ्य जीवन बाँचे ।२०७४ साल फागुन २ गते उनलाई सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो ।

   १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मिएका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका छन् ।घिमिरेको जन्म वि। सं। १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।

 उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘छन्द शिरोमणि’ को उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई ‘राष्ट्रकवि’ को रूपमा अभिनन्दन गरिएको थियो ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६