अर्थ-वाणिज्य

सीमेन्ट बोकेको ट्रकमा अवैध मल



कपिलवस्तु ३ भदौ । कपिलवस्तुको ओदारीमा सीमेन्ट बाकेको ट्रक भित्र अवैध भारतीय मल बरामद भएको छ । मगंलवार कपिलवस्तु प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा ३५ बोरा मल बरामद गरेको हो । तौलिहवाबाट चार नम्बर तर्फ जादै गरेको ना ६ ख ३०९२ नम्बरको ट्रकमा ३५ बोरा अबैध भारतीय युरिया मल बरामद गरिएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो । भारतमा उत्पादन भएको भिरा नामक युरिया मल बरामद गरिएको हो । डिएसपी मल्लका अनुसार ईलाका प्रहरी कार्यालय पिपराको टोलीले चेकजाच गर्नेक्रममा सिमेन्ट बोकेको ट्रकमा सो मल बरामद गरिएको थियो ।

    सो ट्रकले शिवराज नगरपालिकाको बिरपुर स्थित बिनायक सिमेन्ट उद्योबाट सिमेन्ट बाकेर चितवनकालागि हिडेको थियो । ट्रकले सदरमुकाम तौलिहवामा तस्करी गरी ल्याइएको सो मल लोड गरी जीतपुरको बाटो हुदै चितवन तर्फ लागेको थियो । ‘ प्रहरीको टोलीले नियमित चेकचाज गर्दा ट्रक भित्र सिमेन्ट र ३५ बोरा भारतीय मल बरामद भएको हो ’ प्रहरी नायब उपरिक्षक अधिकारीले भने । पक्राउ गरिएको ट्रक चालक सहीत मल समेत सुठौली भन्सार चलान गरिएको उनले बताए । पक्राउ गरिएको ट्रक सहीतका मलको ३८ लाख मुल्य कायम गरिएको सुठौल्ी भन्सार कार्यालयका प्रमुख तीर्थराज पासवानले बताए । 

     कृषकहरुहरु मलकोलागि छटपटाई रहेका बेला जिल्लामा भने भारतीय मलको तस्करी मौलाएको छ । सरकारी अनुदानको मलका नपाए पछि केही कृषकहरुले भारतमा गई जोखिम मोलेर मल ल्याउने गरेका छन । तर खुला नाकाको फाईदा उठाउदै तस्करहरुmले राितको सयममा मोटरसाईल र साइंकलको माध्यममा मल भित्राउने  गरेको श्रोतले बताएको छ । ९३ किलो मिटरको खुला सिमाका कारण तस्करहरुले रातारात भारतीय मल भित्राउने गरेका छन ।

     उता नाकाबाट भित्रिने भारतीय आलु, प्याज, चामल, गहु लगातउका सामान भित्र समेत मल ल्याईने गरिएका छन । सिमेन्ट भित्र मल फेला परेकोले पनि जिल्लामा ठुलो मात्रामा मलको तस्कारी हुने गरको ब्यापारीहरु कृषकहरु । सुरक्षा निकायले कृषकहरुले भारतबाट जोखिम मोलेर एक दुई बारा मल ल्याउदा कडाई गरे पनि तस्कारहरुmले ल्याउने मल भने फत्राउ गर्न सकेको छैन ।   

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६