अर्थ-वाणिज्य

कपिलवस्तु नगरपालिकाले सीमान्तकृत समुदायको कोरोना उपचार खर्च व्यर्होने



कपिलवस्तु ३ भदौ । कपिलवस्तु नगरपालिकाले कोरोना संक्रमित हुने सीमान्तकृत समुदायहरु दलित, मुस्लिम, जनजाति, गरिब र बिपन्न पविारलाई अस्पतालमा उपचारका लागि प्रेप्क्रिप्सनको आधारमा बील खर्चको आधा रकम उपलब्ध गराउने भएको छ । संक्रमित भई  कपिलवस्तु अस्पतालमा उपचार नभई नेपाल भित्र रहेका अन्य अस्पतालमा रिफर भई उपचार गर्नु परेमा बिल अनुसारको आधा रकम नगरपालिकाले दिने निर्णय भएको हो । नगरपालिको तौलिहवामा भएको बोर्ड बैठकले  गरिब र बिपन्न परिवारलाई उपचारमा सहजताकालागि सो निर्णय गरिएको कपिलस्तु नगरपालिका मेयर किरण सिहले बताए ।

      ‘ अहिले र्तौलिहवाको समुदायस्तरमा कोरोना संक्रमण फैलिएको, यस्तोमा संक्रमित भएका बिपन्न परिवारलाई उपचारमा सजिलोकालागि हामीले यो निर्णय गरेका हौ ’ उनले भने । उता कोरोनाको संक्रमण भयावह भए पछि नगरपालिकामा कार्यरत जनप्रतिनिधि, स्थायी, अस्थायी र करार कर्मचारीहरुको कारोना बिम गर्ने र त्यसकालागि लाग्ने रकम नगरपालिकाले तिर्ने समेत निर्णय गरिएको छ । यस्तै खुट्टा भाचिर उपचार गराएकी संचारकर्मी सोना खटिकलाई उपचार खर्च बापत १०  हजार सहयोग गर्ने समेत निणय भएको छ । उपचारको बीउ लिएर आएका नगरपालिकाले खर्चको बापतको आधा रकम दिने प्रमुख प्रशाकीय अधिकृत हरि प्रसाद ज्ञवालीले बताए । 

कपिलवस्तु नगरपालिकाद्धारा कोरोनामा ९१ लाख खर्च 

          बार्ड बैठकमा गत आर्थिक बर्षमा कोरानो बापत भएको खर्च नगरपालिकाले सार्वजनिक गरेको छ । नगरपालिकाले बिभिन्न नौ वटा शीर्षकमा ९१ लाख ८३ हजार ९२९ रुपैया खर्च भएको बिवरण पेश गरेका छ । नगर स्तरीय  क्वारेन्टाईन ब्यवस्थापन र खाद्यान्नमा ११ लाख ३ हजार ५६८, वडा मार्फत ४ हजार ९०९ घरधुरीलाई खाद्यान्न राहत बितरण, ४८ लाख ७१ हजार ३९२, मास्क सेनीाटईजर भिटिएम किट, पिपिई र औाषधीमा १५ लाख ३६ हजार २७८ अनुमगन तथा जोखिम भत्ता ४ लाख १८ हजार ५०६ रहेको छ ।

   यस्तै आईसोलेशन ब्यवस्थापन तथा खाद्यान्न खर्चमा ४ लाख ७२ हजार ६०८, वडास्तरबाट भएको क्वारेन्टाईन ब्यवस्थापन तथा मास्क सेनिटाईजर तथा खाद्यान्न बितरणमा ६ लााख ५९ हजार ट सय, कोभिड संम्बन्धी प्रचार प्रसार ३२ हजार चार सय, कारागारमा रहेका कैदीबन्दीलाई मास्क र सेनीटाईजरमा २० हजार एम्बुलेन्स संचालन भाडा ६९ हजार ५७५  रहेको छ । यसै  बिच सिद्धार्थ सामाजिक विकास केन्द्रले नगरपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । संस्थाको तर्फबाट तेज प्रसाद आचार्यले मेयर किरण सिंहलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । 

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६