ब्रेकिंग न्युज

वीरगंजमा दुई सहित आज ज्यान गुमाउनेको संख्या ४ पुग्यो



कपिलवस्तु ३ भदौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । महामारीको रुपमा फैलिएको  यो भाईरसका संक्रमितको संख्या २ करोड १७ लाख ५६ हजार ३५७ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ७१ हजार ६३५ पुगेको छ । 

      सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । नेपालमा पनी पछिल्लो समय सक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गएको छ । त्यस्तै कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनी बढे्को छ । आज बुधवार दिउसो १ बजेसम्म मात्रै देशका विभिन्न स्थानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।पर्सा( वीरगंज )को नारायणी कोरोना अस्पताल ,ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान  मा गरी पछिल्लो पटक चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

       आज वीरगन्जमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका ८४ वर्षीय पुरुष र वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।  यता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्की कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको हो  । त्यस्तै  ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । 

यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय १८ पुगेको छ । आज ज्यान गुमाएका संक्रमित बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । 

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६