ब्रेकिंग न्युज

मन्त्रीको घरमा चोरि ।



प्रदेश-२ का आर्थिक मामिला तथा याेजना मन्त्री विजय यादवको ललितपुर इमाडोलस्थित   मंगलबार राति १-२ बजेको समयमा घरमा चोरी भएको छ। महालक्ष्मी नगरपालिकाको बोजपोखरीमा रहेको घरमा चोरी भएको हो। पौने दुई लाख नगद र दुई
सेट फोन चोरेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डिएसपी मित्रबन्धु
शर्माले बताए।

‘ पर्खाल देखि चढेर दोस्रो तल्लामा रहेको सानो झ्यालबाट चाेर भित्र
प्रवेश गरेको  थियो ।  भित्र मन्त्री सुतेको कोठामा सिरानीमा राखेको दुई
वटा फोन लगेको छ, दराजमा रहेको सुटकेस खोलेर पैसा मात्रै लगेको देखिन्छ। 
अर्को कोठामा सुतेका मन्त्री यादवका साथीको कोठाबाट पनि चोरी भएको छ।





‘पर्खाल चढ्न मुस्किल छ, मन्त्री सुतेको कोठाबाट चाल नपाउने गरी
चोरी गरेको हुँदा घटना एकदम आश्चर्यजनक छ,’ उनले भने, ‘त्यसपछि कौसीबाट
हामफालेर गएको भन्ने प्ररम्भीक अनुसन्धानबाट बुझिन आएको छ।’ मन्त्री यादवका साथी सुतेको कोठाबाट झोलामा रहेको डेढ लाख निकालेर झोला
त्यही छाडिएको छ। अहिले सम्म यस घटनामा कोही पक्राउ परिसकेका छैनन्।
प्रहरीले चोरकाे खोजी गरिरहेको छ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६