सिन्धुली
हरिहरपुरगढी गाउँपालिका ८ का २५ र ३८
वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जलेश्वर महादेवस्थान मन्दिरका
पुजारी पक्राउ परेका छन् । गत शनिबार महादेवको पूजा गर्न जलेश्वर महादेवस्थान पुगेका उनीहरूलाई पुजारीले बलात्कार गरेको आरोप लगाएका छन् । प्रतिकार गर्दागर्दै पनि पुजारी जंगबहादुर
माझीले स्वास्थ्य, धनसम्पत्ति दिने र सबै किसिमका दुःखहरण हुने भन्दै
जबर्जस्तीकरणी गरेको ती महिलाले बताएकी छन् ।आरोपित माझी वडा नं ८ का निर्वाचित वडा सदस्य हुन् ।
घनाजंगलमा
रहेको मन्दिर परिसर पुगेपछि कोरोना संक्रमणको जोखिम हुने भन्दै माझीले
पालैपालो पूजा गर्न बोलाएर तन्त्रमन्त्र गरी बेहोस बनाएर जबर्जस्ती गरेको
पीडितको आरोप छ । पीडितको किटानी जाहेरी पछि घटनाका आरोपित
३७ वर्षीय माझीविरुद्ध मंगलबार जिल्ला अदालत सिन्धुलीमा जबर्जस्ती
करणीअन्तर्गत मुद्दा दर्ता गरी कारबाही बढाएको जिल्ला प्रहरी कार्यालयले
जनाएको छ । प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले
महिला माथि यौन दुर्व्यवहार गर्ने माझीलाई मुद्दा दर्ता गरी अनुसन्धानका
लागि सात दिनको म्याद लिएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया