प्रदेश

कृषि मन्त्रालयको बचन परीक्षणको चरणमा ,मल आउने समय अव ३ दिन मात्र वाँकी



रुपन्देही ४ भदौ ।  रासायनिक मलकालागि भौतारिएका किसानहरुलाई कृर्षि मन्त्रालयबाट गत आईतवार अब एक हप्तामा रासायनीक मल आउने भन्दै प्रेस नोट सार्वजनिक भयो ।   मन्त्रालयका अनुसार किसानहरुका लागि आवश्यक ३२ हजार १ सय ९० मेटिक टन युरीया ढुवानीको क्रममा रहेको जनाइएको छ ।त्यो म्यादको ४ दिन वितेको छ आज सहित अव ३ दिन मात्र वाँकीछ । आउछकी आउन्न मन्त्रालयको बचनको परीक्षण अवधी शुरु भएको छ । त्यसोत  धान रोपिसकेपछि अहिलेसम्म दुईपटक रासायनिक मल राख्न समय भईसके पनि किसानहरुले एकपटक पनि मल राख्न पाईएन अझै एक हप्ता पर सर्छ रे हामी कहा आई पुग्दा कति दिन लाग्ने हो सुद्धोधनका किसान दुर्गा खनालले भने ।

        यसवर्ष नियमित पानी नपरेको भए धान पसाउने थिएन नियमित रुपमा परिरहेको वर्षाले भने राहत दियो खनालले भने । धानको बिउ राख्ने बेला जेठ महिनादेखि नै नियमित वर्षा भएपछि रुपन्देहीमा यसवर्ष धान खेती राम्रो देखिएको छ ।धानको विउ राख्ने र रोप्ने समयमा प्रयाप्त पानी परेपछि खेतमा धांजा फाट्न नपाएको सियारीका किसान अर्जुन चौधरीले बताए । अहिले रुपन्देहीको अधिकांश खेतीयोग्य जमिन हरियो धानले मनमोहक बनेको छ ।रुपन्देहीमा करिब ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यसवर्ष प्रयाप्त पानी परेका कारण सतप्रतिशत खेतमा धान रोपाई भएको कृषि निर्देशनालयले जनाएको छ।

        रुपन्देहीका सयौं विगाहका प्लटहरुमा हुर्किईरहेको धान लहलहाएको समथर खेत देख्दा भने किसानहरु उत्साहीत भएका छन ।तर यूरिया मल राख्न नपाउंदा भने धान गांजिएदै गएपनि राम्रोसंग पसाउंदैन कि भन्ने चिन्ता किसानमा रहेको छ।रुपन्देहीको मर्चवार क्षेत्र संगै सियारी,सुद्धोधन मायांदेवी, लुम्बिनी, देबदह,रोहीणी, तिलोत्तमा, सैनामैना धान उत्पादनको लागि उर्वर भूमि मानिन्छ । त्यो संगै बुटवलको मोतिपुर, तामनगर, नयाँगाउँ लगायतका क्षेत्रमा समेत धानको उत्पादन राम्रो हुन्छ ।रुपन्देहीको उत्तर क्षेत्रमा तिनाउ, दानव, कञ्चन, रोहिणी, डण्डालगायतका खोला तथा नदीबाट साना ठूला गरि झण्डै दुई दर्जन बढी सिंचाई आयोजना संचालनमा छन्।तर जिल्लाको उत्तरी र पूर्वी क्षेत्रका खेतहरुमा केही सिंचाईको सुविधा पुगेपनि धानको भण्डार मानिने दक्षिणी मर्चवार क्षेत्रमा उत्तरको जस्तो सिंचाईको सुविधा भने छैन । उनीहरु आकाशे पानीको भरमा छन ।

     यसवर्ष भने दैनिक जसो पानी परिरहेकोले आकाशे पानीको भरमा धान लगाएका किसानहरुलाई समेत सिंचाईको कुनै समस्या नभएको मायादेवीका किसान वारीस अस्लमले बताए ।नेपालमा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गर्दछ । भने त्यसको २४ प्रतिसत हिस्सा प्रदेश ५ ले योगदान गरेको छ । जसमध्ये प्रदेश नं। ५ मा मात्रै ५ लाख ३९ हजार २ सय ६३ हेक्टरमा धान खेती हुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।नेपालमा कुल ५२ लाख ३० हजार भन्दा बढी धान उत्पादन हुनेमा प्रदेश ५ मा १२ लाख ७४ हजार भन्दा बढी मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६