अन्तर्राष्ट्रिय

डुंगा ध्वस्त हुँदा लिबियामा कम्तीमा ४५ जनाको मृत्यु



एजेन्सी ४ भदौँ । संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगका अनुसार यो वर्ष लिबियामा डुंगा ध्वस्त हुँदा कम्तीमा ४५ जना आप्रबासी तथा शरणार्थीको मृत्यु भएको बताएको छ । ज्यान गुमाउनेमा पाँच बालबालिका पनि रहेका छन् ।यसरी मृत्यु हुनेमा अधिकांश ज्वारा तटीय क्षेत्रमा ८० जना सवार डुंगाको मेसिन बिस्फोट हुँदा भएको दुर्घटनामा परेका रहेको युएनएचसिआरले जनाएको छ ।स्थानीय मछवारले उद्धार गरेका ३७ जनाले दिएको जानकारी अनुसार मृतकको संख्या थाहा भएको हो ।

         युएनएचसिआर र आप्रबासीका लागि अन्तर्राष्ट्रिय संस्थाले आप्रबासीको खोजी तथा उद्धारको प्रयासलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।व्यवस्थित खोजी अभियानको अभावमा भूमध्य सागरमा धेरै आप्रवासीको ज्यान जाने चेतावनी उनीहरुले दिएका छन् ।यो वर्ष समुद्र पार गरेर लिबियाबाट युरोप प्रवेश गर्ने क्रममा ३०० जना भन्दा बढी मानिसको ज्यान गएको छ । तर ज्यान गुमाउनेको संख्या त्यो भन्दा बढी हुन सक्ने सम्भावना रहेको आप्रबासी संगठनको भनाई छ ।

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६