ब्रेकिंग न्युज

सप्तरीमा एक जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि



सप्तरी ४ भदौँ । सप्तरीमा मृत्युपछि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए। चार पाँच दिनदेखि रुघाखोकी, दमलगायत समस्या देखिएका उनलाई मंगलबार उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा लगिएको थियो।

   त्यहाँ इमरजेन्सीमा भर्ना गरेर अक्सिजन लगाइए पनि उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएकोमा केहीबेरमै उनको मृत्यु भएको प्रमुख यादवले जनाए।मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताए। यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।प्रदेशभरिमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६