कपिलवस्तु
४ भाद्र २०७७
प्रयोग नभई फालिएका बोतलको प्रयोग गर्दै कपिलवस्तुको राजापानी सामुदायिक वनमा बिरुवाको क्यारी र चौतारी निमार्ण भएको छ । स्थानीय ३ होटेलमा फालिएका बोतल सङ्कलन गरी २ स्थानमा चौतारी निमार्ण गरिएको हो । २ दिनमा ४ जना कामदार प्रयोग भई तयार भएको राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारीले बताएका छन् ।
दुई स्थानमा चौतारी निमार्ण गर्दा करिब ८ हजार खर्च भएको छ । एउटा चौतारीका लागी २ बोरा सिमेन्ट, ४ बोरा बालुवा मात्र प्रयोग भएको छ । फालिएका बोतल सहयोग स्वरूप मागेर बोतल भित्र बालुवा भरी प्रयोग गरिएका छ । यस्ता संरचनाले खर्च पनि कम गरेको छ र वातावरण प्रदूषण पनि कम गरेको छ । सामाजिक सञ्जालमा फोटो देखेर बनाउन रुचि लागेको अध्यक्ष अधिकारीले बताए । लकडाउन खुले पछि प्लास्टिकका बोतल प्रयोग गरी बनाइने योजना समेत रहेको छ ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा वडा नं. ३ रहेको उक्त सामुदायिक बनले पर्यटनको विकासमा जोड दिँदै आएको छ । माछा पालन, फूलबारी, वाल उद्यान, पिकनिक स्पट सञ्चालन सँगै घाइते वन्य जन्तुको संरक्षणमा गर्दै आएको छ । २०७० साल देखी कपिलवस्तुको पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै आएको छ ।
प्रतिक्रिया