ब्रेकिंग न्युज

प्रदेश सांसद केसीसहित २८ संक्रमण मुक्त



बाँके  ४ भदौ । प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीसहित बिहीबार बिहान बाँकेका २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । बाँके क्षेत्र नम्बर १ (क) की सांसद केसीसहित २८ जना कोरोनामुक्त भएर बिहीबार घर फर्किएका हुन् । १३ जना महिलासहित २८ जना संक्रमितहरु बिहान बिहीबार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाकेका फोकल पर्सन नरेश श्रेष्ठले वताउनु भयो । बाँकेको खुल्ला कारागार आइसोलेसन सेन्टर, आइसोलेसन सेन्टर आदर्शनगर, होटेल सिटी प्यालेस आइसोलेसन सेन्टर, लायन्स डेन्टल आइसोलेसन सेन्टरलगायतका आइसोलेसन सेन्टरहरुमा रहेका कोरोना संक्रमितहरु डिस्चार्ज भएका श्रेष्ठले वताउनु भयो । 

        त्यस्तै फोकल पर्सन श्रेष्ठले अनुसार लक्षण नदेखिएका ५१ जना सक्रमितलाई पनि डिस्चार्ज गरिनेबारे छलफल भइरहेको वताउनु भयो । बाँकेमा अन्य जिल्लाका तीन जनासमेत गरी ७ सय ६६ संक्रमितमध्ये ४ सय ९६ जना घर फर्किसकेका छन् । हाल २६६ जना संक्रमित आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण बाँकेमा ४ जनाले मृत्यु भएको छ ।

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६