जीवनशैली

एक ब्यक्तिको अवरोधवाट आईसोलेसन वनाउन रोक



रुपन्देही ४ भदौ । रुपन्देहीको शंकरनगरमा रहेको बनबाटिका भित्र आईसोलेसन सेन्टर बनाउन गरिएको प्रयासमा बाधा उत्पन्न भएको छ ।तिलोत्तमा नगरपालिकाले नगरभित्रका कोरोना संक्रमितलाई व्यवस्थापन गर्न शंकरनगर बन बाटिका भित्र रहेको पुष्पलाल पार्कमा नवनिर्मित भवनलाई आईसोलेसन सेन्टर बनाउने प्रस्ताव गरेको थियो ।नगरपालिकाको वार्ड नं २ मा रहेको उक्त पार्कमा आईसोलेसन सेन्टर बनाउन मुख्य संस्था शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रले सहमती जनाएको भएपनि पार्क ब्यवस्थापन समितीका संयोजक राम गिरीले अवरोध गरेको नगरपालिकाको भनाई छ ।

        शंकरनगर बन बाटिकामा आईसोलेसन सेन्टर बनाउन गरिएको यो अवरोधले सरकारी तथा सार्वजनिक सम्पतीमा कसरी सिमीत ब्यक्तीहरुको कब्जा जमाउछन भन्ने पुष्टि गरेको छ ।पुष्पलाल स्मृती केन्द्र अन्तरगतको पुष्पलाल पार्क व्यवस्थापन समितिका संयोजक राम गिरीले सहमती नदिएका कारण पुष्पलाल पार्क भित्र बनेको नवनिर्मित भवनमा आईसोलेसन सेन्टर बनाउन नसकिएको नगरपालिकाको भनाई छ ।राज्यकै लगानीमा बनेको भवन समेत एउटा ब्यक्तीको निर्णयले प्रयोग गर्न नदिने प्रयास गरिएको छ नगरप्रमुख बासुदेव घिमिरेले भने ।

      पुष्पलाल स्मृती केन्द्रका संस्थापक अध्यक्ष नगरप्रमुख बासुदेव घिमिरे हुन ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरस्तरीय संकट व्यवस्थापन केन्द्रले आइसोलेसन सेन्टरको क्षमता बढाउने निर्णय गरेको थियो ।अहिले वनवाटिकाभित्रको वाइसीएल पार्कमा नगरपालिकाले क्वारेन्टाइन सञ्चालन गरिरहेको छ । त्यहां रहेका अन्य हलमा समेत क्वारेन्टाइन विस्तार गरिएको छ ।कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनका लागि अलगअलग स्थानमा आइसोलेसन सेन्टर राख्दा व्यवस्थापकीय कठिनाई हुने भएकाले हाल सञ्चालनमा रहेको आइसोलेसन सेन्टर नजिकैको भवन प्रस्ताव गरिएको नगरप्रमुख घिमिरेले बताए ।

   आइसोलेसन र क्वारेन्टाइन अलगअलग स्थानमा राख्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, खाना लगायतका व्यवस्थापन गर्न कठिन हुने भएकोले सबै सेवा एकै ठाउ केन्द्रित गर्ने नगरपालिकाको तयारी छ ।

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६