प्रदेश

आज तीज :हरेक परिवारलाई मुख्यमन्त्रीको शुभकामना



कपिलवस्तु ५ भदौ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले घरभित्रै तीज मनाएर कोरोनालाई जित्न हरेक परिवार सफल हुने शुभकामना दिनु भएकोछ। उहाले तीजलाई पारिवारिक रुपमा मनाउनका लागि आग्रह गर्दै यसपाली शकुशल रहन सके आगामी वर्षहरुमा ढुक्कले मनाउन सकिने औल्याउनु भएको छ । तीजको अवसरमा शुभकामना सन्देश दिदै मुख्यमन्त्री पोखरेलले तीज पर्वले जन्मघरमा चेलीलाई  पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व भए पनि कोरोनाले उक्त अवसरबाट बन्चित गराएको बताउनु भएकोछ  । उहाले तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरी पारिवारिक रुपमा मात्रै मनाउन र जनीवनको सुरक्षामा हरेक ब्यक्ति सचेत रहन हार्दिक अपील गर्दछु  भन्नु भएको छ। 

        मुख्यमन्त्रीको शुभकामनाको पूर्ण पाठ यस्तो छ :

        तीज पर्वको शुभकामना

        नारीहरुको महान पर्व हरितालिका ९तीज० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।  युगौंदेखि नेपालमा मौलिक ढंगले मानिदै आएको यो पर्वले सामाजिक र राजनैतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठीन दिनहरुमा परिवर्तनका लागि नेपाली महिलाहरुले ठूलो संघर्ष गरे । संघर्षलाई सार्थक बनाउन तीज पर्र्व महत्वपूर्ण साधनका रुपमा प्रयोग भएको स्मरण गर्दछु । जनाधिकार कुण्ठित गरिएको ती काला दिनमा महिलाले तीज गीत मार्फत तत्कालीन राज्यव्यवस्थाविरुद्ध जनमत बलियो बनाउन निकै ठूलो भूमिका खेलेको सबैका सामु छर्लङ्ग छ । तीज पर्व मार्फत राजनैतिक जागरण ल्याएर नागरिकलाई संगठित गर्दै निरकुंश राज्यसत्ता विरुद्ध आन्दोलन भयो । सामाजमा आएको राजनैतिक जागरण र संगठित अभियानले आन्दोलन उत्कर्षमा पुगेर अहिलेको परिवर्तन संभव भएको हो ।

        जनचाहना र जन आकांक्षा अनुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीज पर्वले सार्थक भूमिका खेल्ने अपेक्षा मैले गरेको छु । राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर नेपालको संविधान विश्वमै नमूना भएको छ । महिला अधिकारसंग सम्बन्धित विभिन्न हकहरुलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ । संविधानमा व्यवस्थित हक अधिकारको उपयोेग गर्दै जाँदा केही वर्षमै व्यवहारिक रुपमा नतिजा देखिने छ । विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा सबै जुट्न म हार्दिक अपील गर्दछु ।

    हरितालिका तीज  पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व पनि हो । पारिवारिक र सामाजिक सामिप्यता बढ्दा मुलुकमा विश्वासको बातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत गर्छ । हामी केही महिनादेखि दैनिकी कठीन रुपमा गुजारीरहेका छौं । विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ ९कोरोना भाइरस० को असरले सिंगो समाज पिल्सिएको छ । कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले काम गरिरहेका छन् । नागरिकको सार्थक सहयोगबाट मात्रै माहामारीलाई जित्न सकिन्छ । कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ । तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरी पारिवारिक रुपमा मात्रै मनाउन हार्दिक अपील गर्दछु ।

        कोभिड—१९ को जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको पूर्णतः पालना गरेर अघि बढौं । लकडाउन र निषेधाज्ञाको पालनाले आफू, परिवार र समाजमा जोखिम कम हुने भएकाले आफू पनि पालना गरौं, अरुलाई पनि पालनाको लागि प्रेरित गरौं । कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज पर्वलाई हामीले विगतमा झै भव्य ढंगले मनाउने नै छौं ।अन्त्यमा, हरितालिका तीज पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना ।

                                                                                                                                                

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६