कपिलवस्तु
५ भाद्र २०७७
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुमा कार्यरत सईलाई कोरोना संक्रमण भएको छ । साउन ३२ गते स्वास्थ्यमा समस्या देखिए पछि अस्थायी ट्राफिक प्रहरी पोस्ट कृष्णनगरमा कार्यरत रहेका सईलाई कार्यालयमा ल्याइएको थियो । बुधवार राती १०४ डिग्री ज्वरो आए पछि उपचारका लागी बुटवल पुराइएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
कृष्णनगरबाट आए पछि संक्रमित सईलाई शौचालय एट्याच भएको कोठामा राखिएको थियो । निजको सम्पर्क रहेका ब्याक्तीको पहिचान गर्न सुरु गरिने तयारी गरिएको छ । सम्पर्कमा आएकाहरू को परीक्षण नहुँदा सम्मको लागी कार्यालयमा रहेका सबै प्रहरी सेल्फ क्वारेनटाइनमा बसेको ट्राफिक प्रहरी निरीक्षक टक्कर स्वारले बताएका छन् ।
प्रतिक्रिया