अर्थ-वाणिज्य

सबारी कारवाहीबाट उठयो ८८ लाख ६० हजार राजश्व ।



कपिलवस्तु, भदौ ५ 

कपिलवस्तुमा गएको वर्ष १६ हजार ८७ सवारी कारबाहीमा परेका छन् । ट्राफिक नियम उलंघन गरेका ती सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले कारवाही गरेको हो ।

जिल्ला ट्राफिकले आर्थिक वर्ष २०७६÷०७७ मा सवारी कारबाहीबाट ८८ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी निरीक्षक टक्कर स्वार जानकारी दिनुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा कूल २८ हजार २ सय २० सवारी कारबाहीमा परेका थिए । जसबाट १ करोड ५६लाख ८६ हजार राजश्व  संकलन भएको थियो । जसको तुलनामा १२ हजार १ सय ३३ ले करवाही गर्ने सख्यामा कमी आएको उहाले बताउनु भयो । 

सवारी कारबाहीमा यसवर्ष सबैभन्दा बढी ट्रक परेका छन् । ट्रक मात्र ११ हजार ५ सय ६५ वटा कारबाहीमा परेका छन् । भने दोस्रोमा मोटरसाइकल १ हजार ९सय ८७ वटा कारबाहीमा परेका छन । यसैगरीे कारबाहीमा परेका बसको संख्या ६ सय ८३, जीप÷कारको संख्या १हजार १ सय ७६, ट्रेक्टरको संख्या ५ सय १४ र आटोरिक्सा १ सय ६१ रहेको ट्राफिकले जनाएको छ । 

ट्राफिक नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका सवारीलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । यता आर्थिक वर्ष २०७६÷०७७ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने २२ जना कारबाहीमा परेका छन् । जसबाट ट्राफिकले २२ हजार ४ सय राजश्व असुली भएको ट्राफिकले जानकारी दिएको छ । 

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६