जीवनशैली

एम्बुलेन्सको भाडा २ हजार तिर्न नसक्दा १ महिलाको ज्यान गयो ,एकै दिन ६ जनाको मृत्यू



वर्दिया ६ भदौ प्रदेश नं ५ को वर्दिया, प्युठान, गुल्मी, पाल्पा र रुपन्देहिमा भएका विभिन्न घटनामा ६ जनाको ज्यान गएको छ । अत्यधिक रक्तस्रावले गुलरिया नगरपालिका–५ की ३२ वर्षीया महिला गुड्डी पालको घरमै मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले नेपालगन्ज रेफर गरेका थिए । परिवारले एम्बुलेन्स खर्च वेहोरोर  नेपालगन्ज लैजान नसक्दा ज्यान गएको जनाइएको छ । गुलरियाबाट नेपालगन्जको दूरी ३६ किलोमिटर छ । निषेधाज्ञाले अहिले सार्वजनिक यातायात सञ्चालनमा छैनन् ।

      नेपालगन्ज बिरामी पु¥याए बापत एम्बुलेन्सले अक्सिजनसहित २ हजार २ सय र अक्सिजनबिना २ हजार रुपैयाँ लिने गर्छ । अस्पताल परिसरकै एम्बुलेन्स चालकलाई आग्रह गरे पनि रकम नभएको बुझेपछि पु¥याउन नमानेको परिवारका सदस्यले वताएका छन् । त्यसपछि उनी अटो रिक्सामा घर फर्किएकी थिइन । एक साताअघि पालको ६ महिनाको गर्भ खेर गएको थियो । त्यसपछि रगत बग्न थामिएको थिएन । लगातर रगत वगेको र एम्वुलेन्सका लागि पैसा नहुदा आफ्नो श्रीमतीको ज्यान गएको श्रीमान मैकुले वताउनु भएको छ । उनको परिवारले दैनिक मजदुरी गरि जिविकोपार्जन गर्दै आएको थियो । लकडाउनका कारण मजदुरी गर्न नपाउदा आर्थिक समसया भएको कारणले उनको मृत्यु भएको हो । 

    यता अरिङ्गालको चिलाइबाट प्यूठानमा एक जना बालकको मृत्यु भएको छ । घरनजिकको सिमलको रुखमा रहेको अरिङ्गालले चिलेर झिमरुक गाउँपालिका ६ दहखोलाका १० वर्षीय अरबिन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अरिङ्गालले चिलेर घाइते भएका गिरीलाई उपचारका लागि प्यूठान अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले वताउनु भयो । 

    यस्तै अत्यधिक मदिरा सेवनका कारण गुल्मीमा २ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका–२ पालुखाका ३१ वर्षीय चुराबहादुर कुँवर गएराति आफ्नै बारीमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो । यस्तै मालिका गाउँपालिका वडा नं ७ घमिरका ३६ वर्षका बकबहादुर विक शुक्रबार बिहान भानुपोखरामा मृत फेला परेका पन्तले जानकारी दिनु भयो । विक पनि मदिरा सेवनकै कारण भानुपोखरामा रहेका लक्ष्मी होटल नजिकै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

    यसैविच पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ । जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताउनुभयो । उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । हावा हुरीका कारण विद्युत् सर्ट हुँदा थप एक जना घाइते भएको गाउँपालिका उपाध्यक्ष गाहाले बताउनुभयो । घाइते झमानसिंह पुनको मिसन अस्पतालमा उपचार भइरहेको छ । 

    यता चार तल्लाको भवनको छतबाट खरेर शुक्रबार रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रिब्दिकोट गाउँपालिका ८ घर भई हाल रुपन्देहीको मायादेबी गाउँपालिका–३ बस्ने २३ वर्षका कमल खाँम्चा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाको छ । जगदम्बा धागो उद्योगमा काम गर्ने खाँम्चा आफु बस्ने क्वाटरको चार तल्ले भवनको छतबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको हो । 

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६