ब्रेकिंग न्युज

बाणगंगमा थपिए ३ संक्रमित ,अहिले सम्म १०सकृय ,भीडभाड हुने स्थानको नतिजा नेगेटिभ



कपिलवस्तु ६ भदौ बाणगंगामा एक जना  उद्योगी र २ जना विदेशवाट आएका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । बुटवल स्थित प्रयोगशाला र गहुवाली विकास केन्द्र रुपन्देहीमा रहेको प्रयोगशालावाट आज प्राप्त विवरणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।  जस मध्ये एक जना वडा नं २ का र २ जना वडा नं १ का रहेका छन् । वाणगंगा नगरपालिकाले भदौ १मा १९० जनाको स्वाव संकलन गरेर पठाएको मध्ये यो नतिजा आएको हो ।

    ७५ जनाको नतिजा प्राप्त हुदा यस्तो देखिएको हो । यस अघि एकपटक ५६ जना र एक पटक १९ जनाको नतिजा आएको थियो । वाणगंगावाट ३सय जनाको स्वावसंकलन गरिएकोमा अझै डेढसय जनाको नतिजा आउन वाकीछ । यो संगै वाणगंगामा समुदाय स्तरको संक्रमणको पहिचान गर्न गरिएको परीक्षणवाट  ७ जना र स्वयम ब्यक्ति बिशेषले आफै गरेको परिक्षणवाट ३ जना गरि १० जना कुल संक्रमित थपिएको वाणगंगा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले प्रेसपाटीलाई जानकारी दिनु भयो ।अहिले सम्म प्राप्त विवरणमा धेरैभीडभाड हुने स्थानका किराना पसल र फलफूल पसल संचालकमा भने संक्रमण फेला परेको छैन ।    

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६