ब्रेकिंग न्युज

राष्ट्रपति भण्डारी आन्तरीक संरचनाको सुधारमा,सल्लाहकार टीम कटौती



काठमाण्डौ ६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी को ब्यक्तिगत जीवन शैली र सवारी प्रकरणवाट विलासीको आरोप लागि रहेका बेला आन्तरीक संरचनालाई चुस्त दुरुस्त र मितबययी बनाउने संकेत गर्नु भएको छ । फलस्वरुप ५ सदस्यीय विज्ञ सल्लाहकार टीमलाई २ सदस्यीय बनाउने चरणमा प्रबेश गर्नु भएको छ । प्रेसपाटीलाई प्राप्त जानकारी अनुसार राष्ट्रपतिका दुईजना सल्लाहकार माधव शर्मा र नेत्रबहादुर थापाले भदौ १ गतेदेखि शीतल निवासबाट बाहिरिएको पत्र भोलि आइतबार बुझ्दैछन् ।

    पहिले पूर्ण कार्यकाल पूरा गरेका सल्लाहकारहरूलाई पछिल्लो पटक दुईवर्षे करार सेवामा राखिएको थियो । भित्री कारण जे(जे भए तापनि साउन मसान्तमा नीहरूको करार सकिनुअगावै शीतल निवासले म्याद थप्न अनिच्छा देखाएपछि सल्लाहकारहरू आफ्नो बाटो लागेको स्रोतको दाबी छ ।शर्मा र थापा राष्ट्रपति भण्डारीको अघिल्लो कार्यकालमा पनि पूरै अवधि सल्लाहकार थिए । शर्मा सञ्चार र थापा सुरक्षा सल्लाहकारको रूपमा शीतल निवास पुगेका थिए ।

         नेत्र थापा राप्रपा अध्यक्ष कमल थापाका साक्खे दाइ हुन् तर सेनामा भर्ती हुँदा उमेर सच्याउने प्रचलनको कारण सर्टिफिकेटअनुसार उनलाई भाइ मान्नुपर्ने अवस्था छ ।अब शीतल निवासमा लालबाबु यादव र लक्ष्मी कार्की दुईजना मात्र विज्ञ सल्लाहकार बाँकी रहेका छन् ।यसअघि सभामुखमा अग्नि सापकोटाको चयनप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका थिए । अब शीतल निवासमा लालबाबु यादव र लक्ष्मी कार्की दुईजना मात्र विज्ञ सल्लाहकार बाँकी रहेका छन् । उनीहरूलाई पनि करारमा राखिएको हो । यसबीच शीतल निवासमा कार्यरत अन्य केही कर्मचारी पनि छँटनीमा पर्न लागेका छन् ।

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६