प्रदेश

फ्रन्ट लाइनर सुरक्षाकर्मी जोखिममा , प्रदेश ५ मा ७९ प्रहरी कोरोना संक्रमित



कपिलवस्तु ६ भदौ  । नेपालमा दिनप्रतिदिन कोरोना भाइरस संक्रमण बढिरहेको छ । केही दिन यताबाट संक्रमित बढ्ने र संक्रमितहरुको मृत्यु हुने क्रम पनि बढिरेहेको छ । सबै क्षेत्रतर्फ कोरोनोका जोखिम बढदै गएको छ । शनिबार साझसम्म मात्र थप ६३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भईसेको छ ।

        यतिखेर नेपालमा उच्चपदस्थ कर्मचारीदेखि तल्लो तहका कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । मुलुकभरका विभिन्न स्थानमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु कोरोनाको उच्च जोखिममा परिरहेका छन । सबैभन्दा बढी फ्रन्ट लाइनमा कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा यसको जोखिम बढी देखिए पछि स्थानियबासी झन त्रास बढेको पाईएको छ । प्रदेश ५ का विभिन्न जिल्लामा अहिलेसम्म ७९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतसँगको खुल्ला सीमा नाकामा खटिएका तथा लकडाउन कार्यान्वयन गराउने सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक राजकुमार बैद्यवारले जानकारी दिनुभयो ।

        संक्रमितको उपचारदेखि सर्वसाधारणको सम्पर्कमा रहने भएकोले प्रहरीमा पनि जोखिम बढदै गएको उहाको भनाई ।  प्रहरी प्रबक्ता बैद्यवारका अनुसार सुरक्षाकर्मी भीडभाडमा जाँदा वा मानिसलाई नियन्त्रण गर्दा उनीहरुमा संक्रमण फैलने उच्च सम्भावना रहेको छ । शनिबार बिहानसम्म कोरोना संक्रमित हुने प्रहरीमा सबैभन्दा बढी बाके नेपालगञ्ज र कपिलवस्तुका रहेका छन । जसमा बाके नेपालगञ्जका प्रहरी मात्र ४२ जना र कपिलवस्तुका ३० जना संक्रमित रहेका छन । यस्तै बर्दियाका ६ जना र रुपन्देहीका १ जना मात्र रहेका छन । उहाहरु मध्ये केही अस्पतालमा र केही प्रहरीको कार्यालयमा बनाईएका आईशोलेशनमा रहेको बताउनुभयो । सुरक्षाकर्मी भीडभाडमा जाँदा वा मानिसलाई नियन्त्रण गर्दा प्रहरीमा संक्रमण फैलने उच्च सम्भावना रहेको छ ।

 

 

 

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६