ब्रेकिंग न्युज

कोरोनाका कारण बुटवलमा दुई जनाको मृत्यु



बुटवल ७ भदौ । कोरोनाका कारण बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो १:१५ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएको हो । दीर्घरोगी, उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित बुटवलकी महिलामा स्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए 

   साउन ३१ गते कोरोना संक्रमण पुष्टि भई कोरोना विशेष अस्पतालमा उपचारका लागि ल्याइएकी महिलाको आइतबार विहानदेखि स्वास्थ्यमा समस्या बढ्दै गएको थियो ।त्यस्तै समरीमाइका पुरुष कोरोना संक्रमण पुष्टि र स्वासप्रश्वासमा समस्या भएपछि भदौ १ गत कोरोना विशेष अस्पतालमा ल्याइएका थिए ।योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको  छ ।

प्रकाशित : ७ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६