कपिलवस्तु, ७ भाद्र
कपिलवस्तुमा २९ कोरोना संक्रमित थप भएका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार थप भएका मध्ये २७ जना समुदायका रहेका छन् । मायदेवी गाउँपालिका र विजयनगर गाउँपालिकामा वडा सदस्यमा कोरोना संक्रमण भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका ७ प्रहरीमा कोरोना देखिएको छ । बिजयनगर गाउँपालिकामा ६ जना, बाणगंगा नगरपालिकामा ९ जना, मायादेवी गाउँपालिकामा २ जना, शुद्धोधन गाउँपालिकामा ४ जना र शिवराज नगरपालिकामा होम क्यारेन्टाइनमा वसेका २ जनामा कोरोना देखिएको छ । जिल्लामा २०४ एक्टिभ केस रहेका छन् ।
प्रतिक्रिया