ब्रेकिंग न्युज

प्रदेश ५ : छोटो समय मै थपिए १००० संक्रमित,साढे ४ हजार डिस्चार्ज



बुटवल ७ भदौ प्रदेश ५ मा साउन २३ गतेको तथ्यांकअनुसार कुल संक्रमितको संख्या ४ हजार ४ सय ९९ थियो । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार शनिबार सम्म कुल संक्रमितको संख्या ५ हजार ४ सय ९८ पुगेको छ । १५ दिनको अन्तरमा मात्र प्रदेश ५ मा संक्रमितको संख्या झण्डै हजारले बढेको देखिएको छ । कुल संक्रमित मध्ये अहिले १ हजार १ सय १५ जना आइसोलेसनमा रहेका छन् । ४ हजार ३ सय ६२ जना उपचारपछि घर फर्केका छन । पछिल्लो १५ दिनमा सक्रिय संक्रमित मात्र तेब्बर भन्दा बढी पुगेका छन । गत साउन २३ गते प्रदेशमा सक्रिय संक्रमित ३ सय ३३ जना मात्र थिए । 

        अहिले बढेर १ हजार १ सय १२ पुगेका छन । १५ दिनकै बीचमा थप १० जनाको मृत्यु भई कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रदेश ५ मा २३ पुगेको छ । आइतबार मात्रै रुपन्देहीका २ जनाको मृत्यु भएको छ । सुरुवाती समयमा भारतबाट फर्केर आएका नेपालीमा मात्र संक्रमण देखिएको थियो । कोरोना संक्रमित भएका उनीहरु धेरैजना निको भएर घर फर्किसकेका छन् । तर, लकडाउन खुलेलगत्तै भएको चहलपहल र लापरबाहीले समुदायमा संक्रमण फैलियो । अहिले देखिएका अधिकांश संक्रमित समुदायकै हुन्, जो विदेशबाट आएका थिएनन् । उनीहरुमा नेपालमै असुरक्षित आनीबानी र व्यवहारका कारण संक्रमण फैलिएको हो ।

प्रकाशित : ७ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६