अर्घाखाँची ७ भदौ ,जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सहित अर्घाखाँचीमा १२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । मालारानी गाउँपालिका २ जना, भूमिकास्थान नगरपालिकाका ४ जना र सन्धिखर्क नगरपालिकाभित्रका ६ जनामा कोरोना संक्रमण भएको जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले वताउनु भयो । केही दिनअघि भारतबाट आएर पालिकाको क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँले वताउनु भयो ।
यस्तै पश्चिम नवलपरासीमा पृथ्वीचन्द्र अस्पतालका चार जना स्वास्थ्यकर्मी सहित २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा उनीहरूको स्वाब परीक्षण गरिएको हो । जिल्ला पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाका अनुसार ३ जना चिकित्सक र एक जना नर्समा संक्रमण पुष्टि भएको हो । पाल्हिनन्दन गाउँपालिकाका प्रमुखलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका प्रमुख र कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि पाल्हिनन्दन गाउँपालिकाको कार्यालय पनि सिल गर्ने तयारी भएको छ ।








प्रतिक्रिया