खाद्यान्न पनि छैन , जग्गा जमिन पनि छैन ।
कपिलवस्तु, ७ भाद्र
टिनले
छाएको टहरो भित्र कोप्चेरो परेको २ कोठा । सानो टेबलमा ठुली छोरीले ल्याई
दिएको ग्यास चुलो ,अर्को तिर दाउरा बाल्ने चुलो । पकाउनका लागी पिँध छुन
लागेको चामल छ । दाल, नुन तेल, राख्ने भाडा पुरा खाली छ । दुई महिना भो
मागेर खानु परेको छ । राहत पाएको दाल चामल उहिले सकियो । दुई महिना भो
खानको लागी सकस भएको । तरकारी दाल छिमेकमा मागेर टारेकी छिन । चामलको जोहो
गर्न अरूको घरमा गई काम गर्छिन् । कहिले लुगा धुन्छिन्, कहिले घाँस
काट्छीन, जे काम पाइन्छ त्यही गर्छिन् । काम गर्दा जे दिन्छन् त्यही लिएर
भए पनि गुजारा चलाउछीन ।
पार गरेकी पार्बता बिकलाई हातमुख जोर्न समस्या परेको छ । जग्गा जमिन,
डिँगा बाख्रा केही पनि छैन । बन क्षेत्रमा सानो घर छ । २० वर्ष देखी त्यही
घरमा बस्दै आएकी हुन । एउटामा मात्र बेड छ जहाँ छोरा सुत्छन् । बेड नहुँदा
पार्बता भुईँमा सुत्ने गर्छिन् । प्युठानमा सौतामारामा जन्मिएका पार्बताका
बुवा आमाले १ वर्षमा छाडेर भारतको भोपालमा पुगेका थिए । बुवा ७ वर्षको
हुँदा उनलाई लिन आएका थिए । तर पालन पोषण गरेका हजुरबुवा र कान्छा काकाको
साथ छोडिनन् । त्यसपछि बुवा आमा कहिल्यै नेपाल आएनन् ।
उनका छोरा
स्थानीय ग्रिल पसलमा काम सिक्दै रोजगारी गर्दै आएका थिए । लकडाउनले पसल
बन्द भयो । ४ महिना देखी छोराले पनि काम गर्न पाएका छैनन् । त्यसैले खानाको
जोहो गर्न समेत गारो भएको छ । घरमा आमा छोरा मात्र छन् । दुई भाइ छोरा
मध्ये जेठो १ वर्ष देखी सम्पर्क विहीन रहेको छ । गत कार्तिकमा ५८ वर्षको
उमेर पति रुम बहादुर विकको मृत्यु भयो । पतीको मृत्यु पछि ऊनलाई थप समस्या
बढेको छ ।
पती भन्दा ५ वर्ष जेठी हुन । पती हुँदा सम्म नागरिकता बनाउने सुरसार
गरेनन् । पतीको मृत्युपछि नागरिकता बनाउने रहर भयो । त्यसैका लागी उनी वडा
नं. १ को वडा कार्यालय भेलाई पुगेकी थिइन । तर वडाले मागेको कागजात पुराउन
सकिनन् । वडा सचिवले जन्म दर्ता मागे , विवाह दर्ता मागे केही थिएन । उनी
सँग पतीको नागरिकता, निर्वाचन परिचय पत्र र जेठी छोरीको नागरिकतामा मात्र
थियो ।
जन्म दर्ता चाहिने भए पछि पतीको पुर्ख्यौली थलो पुग्न पर्ने
भयो । चलन चल्तीको व्याजमा २ हजार ऋण लिइन । बस चढेर अघाखाँचीको ढाकावांग
पुगिन । नागरिकता बन्यो भने वृद्ध भत्ताले बाच्न पाइने सपना थियो । तर जन्म
दर्ता नै बनाउन सकिनन् । त्यही पैसाबाट बचाएर ब्याज सहित तिर्ने आशा पनि
मर्यो । ‘दलित र गरिब भएपछि जन्म दर्ताको लागी बोल्दिने पनि कोही भएनन् ।
अव आशा पनि मारी सके । नेपाली बनेर मर्ने रहर पनि पुरा हुँदैन जस्तो
लाग्छ,’ पार्वतीले दुखेसो पोख्छीन ।
प्रमाण छन् , तर सहयोग गर्ने कोही छैनन् ।
‘मेरा ४ छोरी २ छोरा
छन् । जेठी छोरीको मात्र नागरिकता वनेको छ । अरूको जन्म दर्ता मात्र छ ।
अरूले जन्म दर्ताको आधारमा नागरिकता पाउलान् मेरो भाग्यमा छैन क्या !
छोरीको जन्म दर्ता र पतीको निर्वाचन परिचय पत्रमा मेरो नाम समेत लेखिएको
रैछ । जन्म दर्ता खोज्दै मलाई दुःख दिएका छन् । दलित पो परे त्यही माथि
गरिब , .कसैले वास्ता गरेनन्, पार्बता विक भन्छिन् । ’
निर्वाचन परिचय पत्रमा पत्नीको नाममा पार्बताको नाम लेखिएको छ । सम्बन्ध
देखिने भएकोले सर्जिमन गरेर नागरिकता पाउन सक्ने आधार पनि देखिन्छ । छोरा
छोरीको जन्म दर्तामा पनि आमाको नाम उल्लेख गरिएको छ । उनी सँग भएको
कागजातमा प्रमाण देखिने भएपनी पार्बताको नागरिकता दिलाउन
कसैले सहयोग गरेनन् । न स्थानीय समाजसेवी लागे, न दलित अधिकारकर्मीले चासो
देखाए । उमेरले डाँडा कटने उमेरमा नागरिकता बनाई बृद्धभत्ता पाउन सकिन् भने
खानाको जोहो गर्न कसैको राहतको आवश्यकता पर्ने थिएन ।
प्रतिक्रिया