काठमाडौँ ७ भदौँ ।। काठमाडौँ विश्वविद्यालयले प्रकाशित गरेको सूचना प्रति विधार्थी संगठनहरुले ध्यानाकर्षण भएको छ । स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनियरिङमा स्नातक तहको दोश्रो सेमेस्टर अध्ययनरत विधार्थीहरुको अनलाइन कक्षाको भदौ १५ गते भित्र कोर्ष रजिष्ट्रेशन फारम भर्न प्रकाशित गरेको सूचना प्रति विधार्थी संगठनहरुले ध्यानाकर्षण गरेको हो ।काठमाडौँ विश्वविद्यालयले आफ्नो तिर्न बाँकी रहेको शुल्क तिरी सोको बैंक भौचर र रजिष्ट्रेशन फार्म समेत इमेल मार्फत सम्बन्धित डिन कार्यालयमा पठाउन असार ३२ गतेनै सूचना प्रकाशित गरेको थियो ।
अखिल क्रान्तिकारी काठमाडौँ विश्वविद्यालय क्याम्पस कमिटीका संयोजक सुरेश पाण्डे, नेपाल विधार्थी संघका अध्यक्ष उज्ज्वल प्रधान, अनेरास्ववियुका संयोजक रोचक गौतम, जनता समाजवादी विधार्थी युनियनका उपाध्यक्ष प्रशान्त बलामी र अखिल क्रान्तिकारीका संयोजक दीपक शर्माले यस्तो विषम परिस्थितिमा काठमाडौँ विश्व विद्यालयले निकालेको सूचना प्रति ध्यानाकर्षण भएको जनाएका हुन् । विश्वविद्यालय प्रशासनले निकाले सूचना विधार्थीहरु प्रतिको गैरजिम्मेवारपन भएको उल्लेख गर्दै विधार्थी संगठनहरुले सूचना फिर्ता नलिएर आन्दोलनमा उत्रिन बाध्य हुने हुने चेतावनीसमेत दिएका छन् ।
प्रतिक्रिया