कपिलवस्तु ७ भदौ ।लकडाउन पालना गरी मास्क लगाउन अनुरोध गर्दा प्रहरीमाथी हातपात गरी घाईते बनाउने ८ जना बिरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ । गत भदौ १ सुद्धोदन गाउपालिकाको लवनीमा डियुटीमा खटिएका लवनी प्रहरी चौकीमा कार्यरत ६ जनामाथी हातपात गरिएको थियो । हातपातको क्रममा ३ जना गंभीर घाईते भएका थिए भने ३ जनालाई सामान्य चोट लागेको थियो । मास्क लगाउन आग्रह गर्दा लवनीमा रहेका दुई परिवारका युवाहरुले प्रहरीलाई लाठीले हानेर घाईते बनाएका थिए ।
घटनामा प्रहरी हवल्दार बिनोद कुमार बरुन, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादव घाईते भएका थिए । तिनै जनाको टाउको फुटेको र कपिलवस्तु अस्पतालमा उपचार हुृन नसकेपछि रुपन्देहीको मणिग्राम स्थित क्रिमस्न अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले वताउनु भयो । लकडाउनमा मास्क लगाएर हिड्न आग्रह गर्दा उल्टै प्रहरीमाथी हातपात गरी फरार भएका दुई परिवारका ८ जनामाथी ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको मल्ले वताउनु भयो । घटना पछि उनीहरु फरार भएका थिए । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया