कपिलवस्तु ८ भदौ।गैर आवासीय नेपाल संघ (एनआरएन ) युकेले प्रदेश नः ५ सरकारलाई २ थान अक्सिजन मेशिन (कन्सन्ट्रेट) हस्तान्तरण गरेको छ । बाणगंगाको नगरपालिकाको वडा नः १ बैरीयामा एक कार्यक्रमका बिच गैर आवासीय नेपाल संघ युकेले प्रदेश नः ५ सरकारलाई २ थान अक्सिजन मेशिन (कन्सन्ट्रेट) हस्तान्त्रण गरेको हो । मेशिन प्रदेश सभाका सदस्य बिष्णु पन्थीलाई हस्तान्तण गरिएको हो ।
गैर आवासीय नेपाल संघ युकेका अध्यक्ष पुनम गुरुङले यस महामारीको समयमा केही मात्र भएपनि सहयोग गर्ने उदेश्यले देशका ७ प्रदेशलाइ अक्सिजन मेशिन (कन्सन्ट्रेट) दिने निर्णय गरेको बताइन् । त्यस्तै युके राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठले सक्दो सहयोगलाई निरन्तरता दिने समेत बताए । यता प्रदेश सासंद बिष्णु पन्थीले यस महामारीमा सबै एकजुट भएर लडनु पर्नु बताउदै गैर आवासीय नेपाल संघ युकेलाई धन्यवाद दिएका छन ।
गैर आवासीय नेपाल संघ युकेले प्रदेश ५ मा उतm उपकरण प्रदेश सरकारलाई हस्तान्त्रण गर्ने जिम्मेवारी कपिलवस्तुका युवा ब्यवसायी दिनेश श्रेष्ठलाई दिएको थियो ।गैर आवासीय नेपाल सघं युकेका अध्यक्ष पुनम गुरुङ, महासचिव फणिन्द्र भट्टराई, स्वास्थ्य विभाग संयोजक सुनिल शाह, आर्थिक संयोजक तथा युके राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठको पहलमा तथा समन्वयमा देशका सातै प्रदेशका सरकारलाई अक्सिजन मेशिनहरु हस्तान्त्रण गर्न लागेको गैर आवासीय नेपाल सघं युकले जनाएको छ ।ती मेसिन मध्ये एकथान बुटवल प्रादेशिक अस्पताल र १ थान कपिलवस्तुको पिपरा अस्पताललाई उपलब्ध गराइएको छ ।
प्रतिक्रिया