अर्थ-वाणिज्य

सावधानीका साथ अटवारी मनाउँदै थारु समुदाय



दाङ ८ भदौ थारु समुदायले कोरोना सङक्रमणबाट सावधानी अपनाउँदै अटवारी पर्व मनाउँदै छन् । अटवारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आइतवार बरका अटवारी (आइतबारी) पर्व मनाउँदै छन् ।

        थारु समुदायले मनाउने अटवारीमा तिजपर्व जस्तो धेरै भिडभाड गर्ने प्रचलन नभएपनि अग्रासन(पाहुर) चेलीबेटीको घरमा लग्ने प्रचलन छ । दाङको लमही नगरपालिका वडा नम्बर ६ लङगडीका दण्डिराम चौधरीले यसपाली कोरोना सङक्रमणको बेला अन्तर जिल्लामा आवतजावत गर्न नपाइने भएकाले दिदिवहिनी लाई अग्रासन नजाने बताउनुभयो । उहाँले भन्नुभयो,अटवारीमा अन्य चाडपर्वमा जस्तो  चेलीबेटीलाई घरमा वोलाउने प्रचलन छैन,अग्रासन लग्ने प्रचलन छ, यसपाली अग्रासन लग्न समस्या छ । 

    यस्तै लमही नगरपालिका ४ समेहवाका जानकीराम चौधरीले आफ्ना कोरोना सङक्रमणकै विचमा रोगबाट जोगिएर सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, अग्रासन लगेर जाने,भिडभाड गर्ने काम नगर्ने सोँच बनाएको छु,घरमै परम्परा अनुसार मनाउँछ । अटवारी पर्व कहिले मनाउने भन्ने विषयमा थारु समुदायमा बहस विषय बन्छ । केहिले तिज पछिको पहिलो आइतबार रुपमा मान्छन भने कसैले कुसेऔसी पछिको पहिलो आइतबारलाई बड्का अटवारीको रुपमा मनाउने प्रचलन छ ।

    थारु बुद्धिजिवी तथा साहित्यकार छविलाल कोपिलाले अटवारीको विषयमा विभिन्न मतमतान्तर हुँदै आएको भएपनि कृष्ण अष्टिम्की पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंशी) पछिको पहिलो आइतबारलाई अटवारी  भएको दावी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु अगाडि आएको देखिन्छ, यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरुको बहसको विषय पनि बन्दै आएको छ । उहाँले रुपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरु कपिलवस्तु, दाङ्ग सहित पश्चिमी जिल्ला भन्दा फरक  भएको बताउनुभयो ।  

    यस्तै थारु बुद्धिजीबी शेरवहादुर चौधरीले अटवारी पर्वमा पुरुष ब्रत बस्ने र दिदि बहिनीको कामना गर्ने प्रचलन रहेको बताउनुभयो । सुर्यको पूजा गर्ने र दिदि वहिनीका ेकामना गर्ने पर्व हो,खासमा प्रकृतिकै पूजा गर्ने प्रचलन छ, उहाँले भन्नुभयो । अटवारीमा अन्दीको रोटी, माछा, फलफुल सहित विभिन्न परिकार महत्वपूर्ण मान्निछ । ब्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अन्तीको चामलबाट वरिया, रोटीलगायतका पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याई बचेको बाँकी भाग व्रतालुले खाने चलन रहेको थारु अगुवाहरु वताउछन् ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६