काठमाडौं ८ भदौँ । भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ३० लाख ४४ हजार ९४० मा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार २३९ संक्रमित थपिएका छन् । सोही अवधीमा ९१२ संक्रमितको मृत्यु भएको छ ।भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९०६ को ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ३० लाख ५७ हजार २८८ पुगेको छ ।
८ भाद्र २०७७, सोमबार
प्रतिक्रिया