गण्डकी

गण्डकी प्रदेशका पाँच जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि



पोखरा ८ भदौ। गण्डकी प्रदेशका पाँच जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २\२ जना तथा म्याग्दी र स्याङ्जामा १\१ जनामा कोरोना पुष्टि भएको हो ।नवलपुरको विनयत्रिवेणी–१ मा ६ वर्षीया बालिका र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

           तनहुँको ब्यास–५ र शुक्लागण्डकी–४ मा १\१ जनामा कोरोना पुष्टि भएको छ ।बाग्लुङ नगरपालिका–२ मा २० र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयलले जनाएको छ ।म्याग्दीको बेनीमा २० वर्षीय पुरुष र स्याङ्जाको पुतलीबजारमा ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि भएकाहरुको संख्या १ हजार ८ सय ८८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६