लुम्बिनी

संक्रमित अभियुक्त आइसोलेसन सेन्टरबाट फरार



 बाँके ८ भदौ। जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषधसहित पक्राउ गरेका एक व्यक्ति आइसोलेसन सेन्टरबाट फरार भएका छन् । लागूऔषध मुद्दामा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि  आइसोलेसनमा राखिएको थियो।बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट थुनुवा भागेको पुष्टि गरेका छन् । उनको खोजीमा प्रहरी टोली परिचालित भइसकेको छ ।चार दिन अघि उनलाई केन्द्रको आइसोलेसनमा पठाइएको थियो । संक्रमित व्यक्ति भागेपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीमाथि पनि छानविन थालिएको छ ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६