लुम्बिनी

अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूति सेवा बाहेक अन्य सेवा बन्द



 अर्घाखाँची ८ भदौ । अर्घाखाँची  जनस्वास्थ्य कार्यालयमा कार्यरत दुई जना स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूति सेवा बाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।जनस्वास्थ्य र अस्पतालका स्वास्थ्यकर्मीको स्वाब परिक्षणका लागि भैरहवा पठाईएको र परीक्षणको रिपोर्ट नआउँदासम्म सेवा बन्द गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय प्रमुख पुष्पा थापाले बताईन् । 

        आइतबार दुई स्वास्थ्यकर्मी र एक कार्यालय प्रमुखलाई संक्रमण देखिएपछि १०२ जनाको स्वाब संकलन गरि पठाईएको छ ।आईतबार स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्ति र कार्यालय प्रमुख रहेको ७ जना कर्मचारीसहित ६२ जना र सोमबार अर्घाखाँची अस्पताल प्रमुख डा.कपिल गौतमसहित ५ जना डाक्टर र अन्य स्वास्थ्यकर्मी गरी ४० जनाको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाल भैरहवा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका निरिक्षक गणेशराज पौडेलले बताए ।

          अस्पतालको आकस्मिक र प्रसूति सेवा सुचारु गर्न यस अघि पीसीआर रिपोर्ट नेगेटिभ आएका तिन जना चिकित्सक  र चार जना स्वास्थ्यकर्मी खटिएको र  म सहित ५ जना डाक्टरको रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्ने जिल्ला अस्पतालका डा कपिल गौतमले बताए  । अस्पतालको ईमर्जेन्सी र प्रसुती सेवा बाहेक अन्य सेवा ठप्प भएपछि अन्य रोगी सर्वसाधारणले सास्ती पाएका छन् ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६