रुपन्देही ८ भदौ ।लुम्बिनी प्रदेशिक अस्पतालद्वारा संचालित बुटवल कोरोना विशेष अस्पतालमा सोमबारदेखि प्लाज्मा थेरापी सेवा सुरु भएको छ । कोरोना अस्पतालमा उपचारत कोरोना संक्रमित बिरामीहरुलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सेवा सुरु भएको अस्पालतका फोकल पसर्न डा.सुर्दशन थापाले जानकारी दिनु भयो । यो विधिले रोगप्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई रोगविरुद्ध लड्न सक्ने बनाउने जनाईएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा उक्त विधिको सेवा सुरु भएको यो प्रदेश ५ मै पहिलो हो । बिरामीले बुटवलको कोरोना अस्पतालका सवै बेड भरिएका छन् । आईसीयूमा १४ जना र आइसोलेसनमा २३ जना रहेका छन् । अव यो सेवा शुरु भएपछि कोरोना संक्रमणबाट जटिल अवस्थामा पुगेका विरामीलाई पनि बचाउन सक्ने विश्वास लिइएको डा. थापाले वताउनु भयो । प्लाज्मा थेरापी कुनै पनि रोगप्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो ।
कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा रहेको जनाईएको छ । यसको लागि एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ । यो विधिबाट बेलायत, भारतलगायतका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीको उपचारको प्रयास गरिएको थियो ।
प्रतिक्रिया