धरान ९ भदौँ । १६ वर्षीया किशोरीलाई जबरजस्ती गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–४ स्थायी घर भएका हाल सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ झुम्का घर भएका ४६ वर्षीय मोहमद इर्साद आलम रहेको धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।आलमले मोरङ घर भएकी १६ वर्षीया किशोरीलाई गत साउन २६ गते ललाइफकाई होटेलमा ल्याइ जबरजस्तीकरणी गरेको भनी पीडितकी आमाले इलाका प्रहरी कार्यालय धरानमा भदौ ७ गते जाहेरी दिएको बस्नेतले बताए ।इलाका प्रहरी कार्यालय पकलीसँग धरान प्रहरीले सहकार्य गरी आलमलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले बताए ।
९ भाद्र २०७७, मंगलबार
प्रतिक्रिया