भोजपुर ९ भदौ ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा
मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द
साधारण तारिखमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्। हातहतियार तथा सांगठनिक अपराधलगायत चार वटा मुद्दामा पक्राउ
परेका चन्दलाई जिल्ला अदालत भोजपुरले ६० हजार
रुपैयाँ धरौटीमा रिहा गर्ने फैसला गरेको भए पनि चन्दले धरौटी तिर्न नसकेपछि कारगार चलान गरिएको थियो।
सर्वोच्च अदातलमा
गैरकानुनी रुपमा कारागार चलान भएको भनी बन्दीप्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरु दीपक कार्की र प्रकाशमान सिं राउतको आदेशमा बिना धरौती आज(मंगलबार)
रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ।भोजपुरबाट रिहा
हुने बित्तिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा सांगठनिक अपराधसम्बन्धी नै मुद्दा रहेकोले
पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले
जनाएको छ। चन्दलाई साउन १५ गते काभ्रेपलान्चोकबाट नियन्त्रण लिएर भोजपुर ल्याइएको थियो ।
थाहा खवरबाट
प्रतिक्रिया