ब्रेकिंग न्युज

कपिलवस्तुमा ८ प्रतिशत संक्रमण , ७८ प्रतिशत निको भई घर फिर्ता



कपिलवस्तु ९ भदौ कपिलवस्तुमा स्वाब संकलन गरिएको मध्ये ८ दशमलव ६ प्रतिशतमा कोरोना संक्रमित भेटिएका छन । जिल्लामा मंगलवार सम्म १२ हजार ४ सय ३२ जनाको स्वाब संकलन गरिएको छ  । जसमध्ये पिसिआर परिक्षण गर्दा १ हजार ६७ जना संक्रमित भेटिएको हो । कन्ट्याक्ट ट्रसिङ गरिएका २ हजार ९ सय ३९ मध्ये १ सय ९२ जना पोजेटिभ देखिएका छन । समुदायबाट लिइएको ८ सय ७४ स्बाव मध्ये ८६ जना संक्रमित देखिएका छन । आफैले शुल्क तिरी परिक्षण गराएका १५ जना, तथा क्वारेन्टाईनमा बसेका ७ सय ७७ जना संक्रमित भएका हुन । जिल्लामा १ सय ९६ जना सकृय संक्रमित छन भने ८ सय ६८ जना निको भई घर फर्की सकेका छन । यस्तै कोरोनाबाट जिल्लामा २ जनाको मृत्यु भएको छ । 

    यता पछिल्लो पटक कपिलवस्तुमा दुई पत्रकार सहीत थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  यससंगै  कपिलवस्तुमा पोजेटिभको संख्या १ हजार ६७ पुगेको छ । मंगलवार पुष्टी भएका संक्रमित सबै तौलिहवाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलवार पुष्टी भएकामा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति तथा एभीन्युज र अन्नपुर्ण पोस्टका संवाददाता गोपाल भण्डारी, वुद्धआवाज संचारगृह र नेपाल टेलीभिजन संवाददाता बासुदेब बर्मा संक्रमित हुनु भएको हो । यससंगैं जिल्लामा ६ पत्रकार संक्रमित भएका छन । जस मध्ये ४ जना निको भई घर फर्र्की सकेका छन । संक्रमित दुबै पत्रकारले फेसबुकमा  संक्रमित भएको जनाकारी गराउनु भएको छ । 

      यस्तै २ शिक्षक र एक निजि स्कुलका शिक्षक, बिद्यतुका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेबी गाउपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्यमा संक्रमण पुष्टी भएको हो । यस्तै किराना पसले एक, एउटै मेडीकल पसलका दुई, सशस्त्र प्रहरी खुनुवाका एक, ईन्जीनियर एक, महाराजगंज नगरपालिकाका एक कर्मचारी, सुनचादी पसलका एक जना तथा ३ जना समुदायस्तरका रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले वताउनु भयो । गत भदौ ३ गते बुद्धपदम मा.वि देखि संकलन गरिएको १ सय ७३ नमुना मध्ये २० पोजेटिभ १  सय ५३ नेगेटिभ आएको हो । 

    यता कपिलवस्तुमा हाल सम्म ४५ जना सुरक्षाकर्मी संक्रमित भएका छन । जसमध्ये नेपाल प्रहरीका ४३ र सशस्त्र प्रहरीका २ जना संक्रमित भएका हुन । चैत्र ११ देखि सरकारले गरेको लकडाउन पछि हालसम्म ती संक्रमित भएका हुन । नेपाल प्रहरीका ४३ मध्ये ६ जना निको भई घर फर्किसकेका कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले वताउनु भयो   ३७ जनामा सक्रिय संक्रमित छन । यस्तै सशस्त्रका २ मध्ये एक जना निको भई काममा फर्किसकेको र एक जना सकृय संक्रमित छन । संक्रमित सुरक्षाकर्मी रुपन्देही र कपिलवस्तुका विभिन्न अस्पतालमा उपचारार्थ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

     कोरोना विशेष अस्पताल बुटवलमा ३ जना, १० जना कृष्णनगर आइसोलेशन र २४ जना प्रहरीको तौलिहवा स्थित महिला तथा बालबालिका कार्यालयको आइसुलेशनमा छन । लकडाउन पछिको पछिल्लो एक महिनाको अवधीमा संक्रमितको संख्या बढेको हो । उता बैकिङ संस्था र ब्यवसायीहरु तीस तीस बढी सक्रमित भएका छन । शिक्षक, बिद्यार्थी, कर्मचारी लगातय समेत संक्रमित भएका छन । कपिलवस्तुमा समुदायमा संक्रमण फैलीएको भन्दै भदौ १५ सम्म प्रशासनले लकडाउन गरेको छ । प्रशासनले भदौ २१ सम्म लकडाउन थप्ने योजना वनाई सेकेको बुझिएको छ ।

प्रकाशित : ९ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६